डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण


१६ भाद्र २०७७, मंगलबार


डोटी । डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गुरु बक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिएका छन् ।

त्यसैगरी कोरोना संक्रमण हुनेमा दिपायल सिलगढी नगरपालिका वडा न.६ मा दुई जना र केआईसिंह गाउँपालिका वडा नं.४ मा १ जना गरी २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा यती ठुलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस