यस्ता छन् मंगलवारको मन्त्रिपरिषद् बैठकका २२ निर्णय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

यस्ता छन् मंगलवारको मन्त्रिपरिषद् बैठकका २२ निर्णय


प्रशासन सिंहदरवार ब्युरो

११ भाद्र २०७७, बिहिबार


सचिव

 

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बताए ।

यस्तै बैठकले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए ।

यसैगरी हङकङ र ल्हासा महावाणिज्यदुतावासमा दूत बनाई पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उदयबहादुर राना मगरलाई परराष्ट्र मन्त्रालय अन्तर्गत सरुवा गर्ने निर्णय भएको बताएका छन् ।

प्रवक्ता डा. खतिवडाका अनुसार सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ ।

बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस