सिंहदरबार भित्रै भेटियो कोरोना : पर्यटन मन्त्रालयका एक कर्मचारीमा सङ्क्रमण भएको पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिंहदरबार भित्रै भेटियो कोरोना : पर्यटन मन्त्रालयका एक कर्मचारीमा सङ्क्रमण भएको पुष्टि


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । सिंहदरवार भित्र कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्रोतले सिँहदरवारस्थित प्रशासन ब्युरोलाई जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव एव प्रवक्ता कमल प्रसाद भट्टराईले एक जनाको पोजेटिभ आएको भन्ने खबर आफूलाई पनि प्राप्त भएको प्रशासनलाई बताए । ‘करिब ८२ जना कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा एक जनाको पोजेटिभ आएको भन्ने खबर छ, उनले भने, ‘थप एक जनाको रिपोर्ट आउन बाँकी छ ।’

गत भदौ २ गते मन्त्रालयका ८२ जना कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

सिंहदरवारका कर्मचारीमा औपचारिकरुपमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।

Tags :
प्रतिक्रिया दिनुहोस