मन्त्रिपरिषद् बैठक जारी, लकडाउनबारे थप निर्णय हुन सक्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद् बैठक जारी, लकडाउनबारे थप निर्णय हुन सक्ने


१ भाद्र २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । सोमबार साँझ साढे ६ बजेदेखि नियमित बैठक सुरु भएको हो ।

बैठकले देशव्यापीरुपमा बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै लकडाउनबारे केही निर्णय हुन सक्ने बुझिएको छ । उपत्यकालगायत देशका विभिन्न सहरहरूमा दिन प्रतिदिन बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै विभिन्न मोडालिटीहरु पेस भएकोमा केही दिनलाई लकडाउन नै गर्ने कि या अन्य कुनै मोडिलिटी अपनाउने भन्नेबारे निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई बताए ।

बैठकमा मन्त्रालयगत रूपमा प्रस्तुत एजेन्डाहरूमा छलफल हुनेछ भने प्रधानमन्त्री कार्यालयमै अतिरिक्तमा राखिएका तीन सचिवको व्यवस्थापनबारे पनि निर्णय हुन सक्ने बुझिएको छ । यद्यपि अहिलेको अवस्थामा प्रशासनिक विषयमा खासै चासो नभएकोले तत्काललाई रिक्त शिक्षा मन्त्रालयमा सचिव पठाउने निर्णय मात्रै पनि गर्न सक्ने ती मन्त्रीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस