जिल्ला प्रशासनबाट दिइँदै आएको सवारी पास बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासनबाट दिइँदै आएको सवारी पास बन्द


२८ श्रावण २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालयहरूबाट वितरण गरिँदै आएको सवारी पास बन्द गरिएको छ ।

७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

कोभिड-१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । “हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड-१९ को संक्रमण बढ्दो छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस