कोरोना भाइरसका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कोरोना भाइरसका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित


२८ श्रावण २०७७, बुधबार


अकल्याण्ड । न्युजिल्याण्डमा कोरोना भाइरसको प्रकोपको त्रासका कारण यहाँको निर्वाचन अनिश्चत बनेको समाचार छ ।

न्युजिल्याण्डमा प्रधानमन्त्रीलाई निर्वाचनका कारणले अप्ठेरो परेको बताइएको छ । यसअघि न्युजिल्याण्डमा पनि कोरोना भाइरसको प्रकोप रहेकोमा हाल भने प्रकोप रहेको छैन ।

तर पनि यहाँ कोरोना भाइरसको अर्को वेभ आउनसक्ने भएकोले गर्दा आगामी संसदीय निर्वाचन हुने भनिएकोमा त्यसको त्रास रहेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले केही दिनमै लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । सो सुझावअनुसार यहाँको सरकारले लकडाउन गर्नसक्ने अनुमान पनि गरिएको छ । सोही कारण यहाँको आम निर्वाचन पनि नहुने हो कि भन्ने त्रास बढेको बताइएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डरिनले लकडाउन गर्नु पर्ने या नपर्ने भन्ने विषयमा यहाँका स्वास्थ्य अधिकारीहरुसँग भेट तथा परामर्श गरिरहेको बताएकी छन् ।

यहाँका लाखौँ नागरिक होम स्टेमा बस्नुपर्ने अवस्था पनि हुनसक्ने अनुमान गरिएकोले गर्दा प्रधानमन्त्री जासिन्डाले यस विषयमा यहाँका स्वासथ्य अधिकारीहरुसँग परामर्श गरिरहेको बताएकी छन् ।

यहाँ आगामी सेप्टेम्बर महिनाको १९ तारिखमा संसदको निर्वाचन हुने भएको छ । तर सो निर्वाचन केही समय परसार्नु पर्ने बारेमा प्रधानमन्त्रीले छलफल थालेकी छन् ।

न्युजिल्याण्डको संसदको म्याद यही बुधबार सकिएको छ । यसअगावी सेप्टेम्बरका लागि निर्वाचन तोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस