सम्बन्धित मन्त्रालयले नै विशेष पद सिर्जना गरी कर्मचारीको पदाधिकार सार्न सक्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सम्बन्धित मन्त्रालयले नै विशेष पद सिर्जना गरी कर्मचारीको पदाधिकार सार्न सक्ने


प्रशासन सिंहदरवार ब्युरो

२७ श्रावण २०७७, मंगलबार


समायोजन

काठमाडौँ । बिदामा बसेका तथा निलम्बनमा रहेका कर्मचारीहरूको पदाधिकार सम्बन्धित मन्त्रालयले नै विशेष पद सिर्जना गरी केन्द्रमा सार्न सक्ने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, केन्द्र र सबै कार्यालयहरूलाई पत्राचार गर्दै विभिन्न निकायमा कार्यरत रही लामो अवधिका बिदामा रहेका, निलम्बनमा रहेका लगायत अवस्थाका कर्मचारीहरूको पदाधिकार विशेष पद सृजना गरी सामान्य प्रशासन मन्त्रालयको सहमतिमा सम्बन्धित केन्द्रीय निकायमा सार्ने व्यवस्था गर्न भनेको हो ।

उक्त अवस्थाका कर्मचारीको पदाधिकार मन्त्रालयको अतिरिक्त समूहमा सारिदिन अनुरोध गरी पत्राचार हुने गरेकोमा मन्त्रालयले सम्बन्धित केन्द्रीय निकायलाई नै विशेष पद सिर्जना गरी व्यवस्था गर्न पत्राचार गरेको हो । यस अघि सबै निकायका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा राख्दै आएको थियो ।

निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा ९ मा ‘अध्ययन बिदामा रहेको वा स्वतः निलम्बनमा रहेको वा ६ महिनाभन्दा बढी अवधिसम्म अन्य कुनै बिदामा रहेको वा तीन महिनाभन्दा बढी अवधि अन्यत्र काज खटिएको वा कुनै खास कामका लागि वा कुनै खास आयोजना कार्यान्वयन गर्नका लागि खटाइने कर्मचारीको पदाधिकार जिल्लास्तरको कार्यालयमा वा कार्यालय प्रमुख वा विभागीय प्रमुखको पदमा रहेको भए सामान्य प्रशासन मन्त्रालयको सहमती लिई सो अवधिभरको लागि विशेष पद सृजना गरी त्यस्तो कर्मचारीको पदाधिकार केन्द्रीयस्तरको निकायमा सार्न सकिनेछ’ भन्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस