सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ आउन रोक ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ आउन रोक !


२५ श्रावण २०७७, आइतबार


सह सचिव

काठमाडौँ । कोभिड–-१९ संकट व्यवस्थापन सेन्टर(सीसीएमसी)ले दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाबाट काठमाडौँ उपत्यका आवतजावत गर्न पूर्णरूपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको र भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए ।

पछिल्लो दिनमा काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अधिकांश सङ्क्रमित विभिन्न जिल्लाबाट आएका छन् ।

कोरोना सङ्क्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेको भन्दै सीसीएमसीले फुटपाथ, ठेला गाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका व्यापार तथा कवाडी सङ्कलन स्थानीय प्रशासन र स्थानीय तहले अनिवार्य रूपमा निशेध गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस