अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने


२४ श्रावण २०७७, शनिबार


वासिङ्टन । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका आउनु लाग्नु भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उहाँ अमेरिकाको वासिङ्टन आउनुहुने जनाएको छ । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नेछन्,’ह्वाईट हाउसद्धारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला उनीहरुका बीचमा भेटवार्ता हुन लागेको हो । उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोना भाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस