कोरोनाबाट वीरगञ्जमा थप २ जनाको मृत्यु, १४१ जना संक्रमित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोनाबाट वीरगञ्जमा थप २ जनाको मृत्यु, १४१ जना संक्रमित


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्य दुई जनाको मुत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमित मध्ये पर्सा जिल्लाका मात्रै १ सय ३३ जना छन् भने बारा जिल्लाका ४ र रौतहटका ४ जना रहेका छन्।

प्रहरी र जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु गरि ४४ जनामा समेत कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाका ५ जना, वीरगञ्ज कारागारका २ जना, तराई अस्पतालका १, पशु अस्पतालका १, नेशनल मेडिकल कलेजका १ जनामा संक्रमण भएको पाइएको छ।

वीरगञ्ज २५ सिर्सिया टोलमा मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको छ। पर्साको पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये २१ जना महिला र १ सय २० जना पुरुषहरु छन्।

Tags :
प्रतिक्रिया दिनुहोस