वीर बहादुर राई सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीर बहादुर राई सचिवमा बढुवा


१९ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारले सहसचिव वीर बहादुर राईलाई सचिव-विशिष्ट श्रेणी_मा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । राई सिँहदरवारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

राई यही भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस