सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस


१६ श्रावण २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीर बहादुर राईको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ । प्रशासन सिंहदरवार ब्युरो स्रोतकाअनुशार वीर बहादुर राई सचिवमा बढुवा हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस