सिँहदरवारका कर्मचारीमा भेटिएन कोरोना, बाहिरका दुई कर्मचारी सङ्क्रमित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिँहदरवारका कर्मचारीमा भेटिएन कोरोना, बाहिरका दुई कर्मचारी सङ्क्रमित


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । सिंहदरवारका कर्मचारीहरूमा कोरोना सङ्क्रमण नरहेको पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण दर बढेसँगै बिहीबार देशको मुख्य प्रशासनिक केन्द्र सिँहदरवारस्थित विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत पाँच सय ८ जना कर्मचारीहरूको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सिँहदरवारभित्र कार्यरत सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको हो । सिँहदरवार बाहिर कार्यरत दुई जनामा पोजेटिभ देखिएको छ ।

‘सिँहदरवारभित्रका पाँच सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ छ’, सिँहदरवार स्रोतले भन्यो, ‘तर सिँहदरवारबाहिरका ८ जनाको पनि परीक्षण गरिएकोमा दुई जनामा पोजेटिभ देखिएको खबर छ’

पोजेटिभ कर्मचारी कुन कार्यालयका हुन् भन्नेबारे भने केही खुलाईएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस