पाल्पामा पहिराले पुरेर एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाल्पामा पहिराले पुरेर एकको मृत्यु


१३ श्रावण २०७७, मंगलबार


पाल्पा । पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु¥याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस