६ सिडिओको सरुवा, भाग्यमानी निरौला धनुषाबाट मोरङ ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६ सिडिओको सरुवा, भाग्यमानी निरौला धनुषाबाट मोरङ !


११ श्रावण २०७७, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तन गरेको छ । मन्त्रालयले केही दिन अघि नियुक्त दुई सहसचिवसहित ६ जनाको सरुवा गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार गोरखा जिल्लाका सिडिओ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको जिम्मेवारी दिई पठाएको छ भने सर्लाहीका मोहनबहादुर जिसीलाई गृह मन्त्रालय तानेको छ । धनुषाका सिडिओ कोशहरि निरौलालाई मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी र निरौलाको ठाउँमा ललितपुर उपमहानगरबाट केही दिनअघि गृह मन्त्रालयमा सरुवा भई आएका प्रेम प्रसाद भट्टराईलाई पठाइएको छ, ।

त्यस्तै गोरखा र डडेलधुरामा केही दिन अघि सहसचिव नियुक्त क्रमशः तीर्थ भट्टराई र बन्धु बास्तोलालाई पठाइएको छ । डडेलधुराका जगन्नाथ पन्त गृहबाटै आउट गर्दै धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

निरौला र पौडेल धेरै जिल्लामा धेरै लामो समय सिडिओ बन्ने भाग्यमानी कर्मचारीमा पर्छन् ।

झापा, मोरङ, सुनसरी, पर्सा, रुपन्देही, कास्की, बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन निकै ठुलो कसरत हुने गर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय सरुवा गरिएका १६ जना सहसचिवमध्ये ४ जनाको मात्रै पोस्टिङ भएको छ भने अझै १२ जना पोस्टिङ गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस