२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ सिडिओको सरुवा, भाग्यमानी निरौला धनुषाबाट मोरङ !

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तन गरेको छ । मन्त्रालयले केही दिन अघि नियुक्त दुई सहसचिवसहित ६ जनाको सरुवा गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार गोरखा जिल्लाका सिडिओ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको जिम्मेवारी दिई पठाएको छ भने सर्लाहीका मोहनबहादुर जिसीलाई गृह मन्त्रालय तानेको छ । धनुषाका सिडिओ कोशहरि निरौलालाई मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी र निरौलाको ठाउँमा ललितपुर उपमहानगरबाट केही दिनअघि गृह मन्त्रालयमा सरुवा भई आएका प्रेम प्रसाद भट्टराईलाई पठाइएको छ, ।

त्यस्तै गोरखा र डडेलधुरामा केही दिन अघि सहसचिव नियुक्त क्रमशः तीर्थ भट्टराई र बन्धु बास्तोलालाई पठाइएको छ । डडेलधुराका जगन्नाथ पन्त गृहबाटै आउट गर्दै धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

निरौला र पौडेल धेरै जिल्लामा धेरै लामो समय सिडिओ बन्ने भाग्यमानी कर्मचारीमा पर्छन् ।

झापा, मोरङ, सुनसरी, पर्सा, रुपन्देही, कास्की, बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन निकै ठुलो कसरत हुने गर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय सरुवा गरिएका १६ जना सहसचिवमध्ये ४ जनाको मात्रै पोस्टिङ भएको छ भने अझै १२ जना पोस्टिङ गर्न बाँकी छ ।