कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको होइन भन्ने कुनै आधार छैन : सांसद बोगटी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको होइन भन्ने कुनै आधार छैन : सांसद बोगटी


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । सांसद यज्ञबहादुर बोगटीले अब नेपालको कालापानी लिपुलेक र लिम्पिया धुरा नेपालको होइन भन्ने कुनै आधार नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बोगटीले संविधानसंसोधनको पक्षमा रहेको बताउँदै उक्त भूमि नेपालको हो भन्ने सत्यता रहेको बताएका हुन् ।

उनले भने ‘यो भूमि नेपालको भूमि हो नेपालको भूमिमाथि भारतीय शासक वर्गले आँखा गाडेको छ । हिजोदेखि भारतले नेपालको हरेक सिमानामा आँखा गाड्दै आएको थियो । चाहे त्यो अङ्ग्रेजका पालमा, चाहे ब्रिटिससँग नेपाली बहादुर हरूले लडाइँ लडेका बेला भन्नुस् र अहिले पछिल्ला दिनमा पनि पटक पटक नेपालको भूमिमाथि आँखा गाड्दै आएको छ ।’

उनले यो नेपालको भूमि हो भन्ने सत्यताबाट बाहिर जान नसकिने बताए । उनले उक्त भूमिलाई अब प्रशासनिकरुपमा र राजनीतिक रूपमा पनि नियन्त्रणमा लिनुपर्ने धारण राखे ।

त्यसका लागि सदनबाट राजनीतिक र प्रशासनिक नियन्त्रण कालापानीमा चाहिन्छ भन्ने सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताए । यो पारित गरेपछि सरकारलाई आफ्नो भूमि फिर्ता ल्याउनका निम्ति थप बल पुग्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस