काठमाडौं । काठमाडौंकै अस्पतालहरुमा १३ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् ।
टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना गरी १३ जनाको उपचार भइरहेको सम्बन्धित अस्पतालले जानकारी दिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र शिक्षण अस्पतालकै एक कर्मचारीको उपचार भइरहेको डा. सन्तकुमार दासले बताए ।
शिक्षण अस्पतालका कर्मचारीमा शुक्रबार संक्रमण देखिएको थियो । उनी दाङ घर भएका हुन् ।
एपीएफ अस्पतालमा दहचोकका ७ वर्षका बालक र अस्पतालमै कार्यरत कर्मचारी उपचाररत रहेका त्यहाँका चिकित्सक डा. महेन्द्रराज श्रेष्ठले बताए।
पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका हुन् ।