२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई पदबाट हटाए

अ+ अ-

काठमाडौं । ब्राजिलका राट्रपति जायल बोलसोनारोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेटालाई पदबाट हटाएका छन् । कोरोना भाइरस (कोभिड १९) कोसंक्रमण सँग विश्व नै लडिरहेका बेला ब्राजिलमा भने स्वास्थ्यभन्त्री नै बदबाट बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

स्वास्थ्यमन्त्री मन्डेटाले कोरोना संक्रमण फैलिन नदिने उपायबारे एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ ।

स्वास्थ्यमन्त्री मनडेटाले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आएका छन् । उनले आ–आफ्नो प्रदेशमा लकडाउन गरेको भन्दै गभर्नरहरुको प्रशंसा पनि गरेका थिए। तर राष्ट्रपति भने यी कुराहरुबाट सहमत छैनन् ।

लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने राष्ट्रपतिको भनाइ छ । उनले मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुपर्ने बताएका छन् ।

यसअघि नै बोलसोनारोले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए ।

स्वास्थ्यमन्त्री हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी दिएका छन् । कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था धरमराउने छ ।उनले ट्वीट गर्दै भनेका छन् ।

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएका छन् ।

हालसम्म ब्राजिलमा ३० हजार ४ सय २५ जनामा कोरोना संक्रमण भइसकेको छ । १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस