२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमित बागलुङकी युवतीको धौलागिरि अस्पतालमा उपचार हुँदै

अ+ अ-

गलकोट । कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ ।

घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था होइन,’ डा पोखरेलले भने, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेशनमा राखेका छौंँ, दैनिक रिपोर्ट लिन्छौँ, परिवारका सदस्यलाई यसअघि नै सेल्फ क्वारेन्टाइनमा बस्न भनिसकेका थियौँ, त्यस्तो लक्षण समस्या देखिए परिवारका सदस्यको पनि स्वाब परीक्षण गर्नेछौँ ।’

यही चैत १२ गते बागलुङ नगरपालिकाको विशेष पहलमा धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर नमुना संकलन गरेको थियो ।

ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गर्दै आएकी थिइन् ।

नमूना संकलन गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बेल्जियममा आमा रहेकाले दुई महिना घुमेर उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौँकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको चैत १० गते पुष्टि भएको थियो । त्यसपछि सँगै सवार बागलुङका यिनै किशोरीसहित अन्य तीन जनाको समेत खोजी भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस