रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय


१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउन घोषणा गरेसँगै ग्राहकको सहजताका लागि टेलिकमले यस्तो निर्णय गरेको हो ।

यो व्यवस्था बुधवार रातको १२ बजेपछिको रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ ।

रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मङ्गलवार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार : रिचार्ज रकम बराबरको बोनस, ब्यालेन्स सकिए २ सय सापटी !

टेलिकमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्ज जत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको टेलिकमले जनाएको छ ।

बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस