रिचार्ज रकम बराबरको बोनस, ब्यालेन्स सकिए २ सय सापटी ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रिचार्ज रकम बराबरको बोनस, ब्यालेन्स सकिए २ सय सापटी !


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । रिचार्ज रकम बराबरको बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

प्राधिकरणका एक अधिकारीका बढीमा एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको र मङ्गलवारै सेवा प्रदायकहरूलाई निर्णय पठाइसकिएको छ ।

बैठकले ब्यालेन्स सकिएमा २ सय रुपैयाँसम्म सापटी दिन पनि टेलिकम कम्पनीहरूलाई निर्देशन दिइएको छ भने सस्तो डाटा प्याकेज घोषणा गर्न प्राधिकरणको पूर्व स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस