खाली जहाज समेत प्रवेशमा रोक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खाली जहाज समेत प्रवेशमा रोक


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय उडानका खाली जहाज पनि नेपाल प्रवेशमा रोक लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

आजबाट देशैभर लकडाउन गरेकाले संस्कृति, पर्यटन तथा नागरिक उ्डयन मन्त्रालयले सोमबार अन्तर्राष्ट्रिय उडान रोकिएको समयमा पाँच अन्तर्राष्ट्रिय उडान भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै खाली जहाजमा पनि रोक लगाउन भनिएको हो ।

नेपालमा खाली जहाज पनि आउन रोक लगाउनु भनेर प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

साथै सोमबार ४ः५० बजे काठमाडौँ आएको इत्तिहादबाट एयरको इवाई २९० नम्बरको उडानबाट दुई जना नेपाली यात्रु आएको विषयमा ती नेपाली कसरी आइपुगे भन्ने विषयमा छानबिन गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस