मुख्यमन्त्री भट्टद्वारा हेल्थ डेस्कको अनुगमन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री भट्टद्वारा हेल्थ डेस्कको अनुगमन


८ चैत्र २०७६, शनिबार


अतररिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था बुझेका थिए ।

आज भारतका विभिन्न शहरमा मजदूरी गरी घर फर्किरहेका नेपालीसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगर्न आग्रह गरे । उनले कोरोनाको संवेदनशीलता बुझेर त्यसअनुरुपको सतर्कता अपनाउन आग्रह गरे।

मुख्यमन्त्री भट्टले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरे । उनले आइसोलेसन कक्ष कम भएको खण्डमा सो कक्ष स्थापनाका लागि गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरेको जनाइएको छ ।

मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि निरीक्षणमा सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस