धार्मिकस्थलमा १ मिटर दूरीमा लाइन लाग्न पर्यटनमन्त्रीको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धार्मिकस्थलमा १ मिटर दूरीमा लाइन लाग्न पर्यटनमन्त्रीको निर्देशन


६ चैत्र २०७६, बिहिबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मठ मन्दिरलगायत धार्मिक स्थलमा लामवद्ध हुँदा कम्तीमा एक मिटर दूरी कायम गर्न निर्देशन दिएका छन् ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको निर्णय कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले धार्मिक स्थलमा लाइन लाग्दा दूरी कायम गर्न आग्रह गरेका हुन् ।

बैठकले मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थलहरुमा एक पटकमा २५ जना भन्दा बढी तीर्थालु र दर्शनार्थी भेलला नहुने व्यवस्थ मिलाउने न्र्णिय गरेको थियो । त्यस्ता धार्मिक स्थललमा लामवद्ध हुन परेमा १ मिटर दूरी कायम गर्न भट्टराईले निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आयोजित बैठकमा मन्त्री भट्टराईले कोरोनाभाइरस कोभिड-१९ कारण विश्व नै संकटमा फसेको उल्लेख गर्दै त्यो संकट नेपालमा भित्रिन नदिन यस बेला सबै क्रियाशील रहनुपर्ने समय आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस