करणी कसूरमा विद्यार्थी नेता राईलाई ८ वर्ष कैद « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

करणी कसूरमा विद्यार्थी नेता राईलाई ८ वर्ष कैद


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । सढारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई करणीसम्बन्धी कसूरमा अदालतले साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने गरी फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले इजलासले राईविरुद्धको अभियोग दाबी पुग्ने ठहर गरेको बताए । रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

उनले देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस