मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


३० फाल्गुन २०७६, शुक्रबार


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।

उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस