अनिश्चित कालाका लागि श्रम स्वीकृति बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनिश्चित कालाका लागि श्रम स्वीकृति बन्द


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । सरकारले श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द गरेको छ । वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृत सरकारले अनिश्चित कालका लागि स्थगित गरेको हो ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अब विदेश जाने विद्यार्थीहरुलाई पनि अप्रिल ३० अगाडि नो अब्जेक्सन सर्टिफिकेट पाउने छैनन् ।

यस अघि सरकारले देक्षिण कोरियामा मात्रै कामदार नपठाउने निर्णय गरेको थियो ।

यस्तै, तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ ।

यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

१४ मार्च २०२० देखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस