कोरोना संक्रमणको डरले इरानमा ५४ हजार कैदी मुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणको डरले इरानमा ५४ हजार कैदी मुक्त


प्रशासन संवाददाता

२३ फाल्गुन २०७६, शुक्रबार


तेहरान । कोराना भाइरस (कोभिड–१९) फैलिएपछि इरानले ५४ हजार कैदीलाई अस्थायी रूपमा कारागार मुक्त गरेको छ । न्यायिक प्रवक्ता गुलाम हुसेन इस्माइलका अनुसार भाइरस संक्रमण फैलिन नदिन सरकारले उक्त निर्णय गरेको हो । कारागारमा केही कैदीको स्वास्थ्य परीक्षण गर्दा संक्रमित भएको भेटिएपछि थपमा फैलिनबाट रोक्न उनीहरूलाई रिहा गरिएको हो ।

इस्लाइलले भने, ‘इरानी करागारमा कैदीहरू धेरै छन्, संक्रमितबाट भाइरस फैलिन सक्छ । त्यसैले पछिल्लो निर्णय गरिएको हो ।’ सरकारले संक्रमण फैलिन नदिन इरानले हजारौं स्वास्थ्यकर्मी परिचालन गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार मुलुकमा कोभिड–१९ बाट मृत्यु भएको संख्या बुधबार ९२ पुगेको छ । इरानमा ५ सय ८६ जना नयाँ संक्रमितसहित संख्या २ हजार ९ सय २२ पुगेको छ । इरानी सहर क्वामस्थित विभिन्न पवित्र धार्मिक स्थलमा अत्यधिक भीडभाडका कारण कोरोना भाइरस फैलिएपछि इरान सरकारमाथि दबाब परेको छ ।

उक्त क्षेत्रमा इराक, कुवेत, संयुक्त राज्य इमिरेट्स र बहराइनका धर्मावलम्बीसमेत आएको बताइएको छ । इरानी अधिकारीहरूले सुरुमा आफ्ना नागरिकलाई भाइरस नियन्त्रणमा आउने आश्वस्त परे पनि २३ सांसद संक्रमित भएपछि सुरक्षाको उपाय अप्नाउन सरकार बाध्य भएको हो । इरानको २ सय ९० सदस्यीय संसद्मा २३ सांसद (८ प्रतिशत) संक्रिमत छन् । कम्तीमा ७ जना सरकारी अधिकारीको कोभिड–१९ बाट मृत्यु भइसकेको छ । तीमध्ये इरानी सर्वोच्च नेता आयोतोल्ला अली खमेनीका एक जना सल्लाहकारको सोमबार मृत्यु भएको थियो ।एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस