खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको हो।

स्रोतकाअनुसार कार्यकाल सकिनुअघि नै खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिने तयारी छ । तर उनको पुनः नियुक्त हुनेछ ।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यफिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस