६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री आज पुर्ख्यौली घर जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री आज पुर्ख्यौली घर जाँदै


११ फाल्गुन २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मदिन मनाउन जन्मथलो आज पुर्ख्यौली जाँदै छन् । उनी जन्मदिन मनाउन हेलिकोप्टरमार्फत् तेह्रथुमको आठराइ गाउँपालिका, सल्ले जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो। उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुर्ख्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। पुर्ख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ।

आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ। साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ) जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस