२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमा कर्मचारीको व्यापक हेरफेर

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यापक रूपमा कर्मचारीको व्यापक हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले मन्त्री स्तरीय निर्णय गर्दै उच्च तहका कर्मचारी हेरफेर गरेका हुन् ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा।महेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ भने विभागका महानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालय तानिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले सम्हाल्दै आएको समन्वय महाशाखामा नीति योजना तथा अनुगमन महाशाखाका डा। विकास देवकोटालाई जिम्मा दिइएको छ । नीति योजनामा महाशाखामा स्वास्थ्य विभागमा महानिर्देशक रही सकेका डा. गुणराज लोहनीलाई राखिएको छ । व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारी चूडामणि भण्डारीलाई दिइएको छ ।

त्यसै गरी जनसङ्ख्या महाशाखाको प्रमुखका रूपमा शिक्षा मन्त्रालयबाट पदस्थापन भएर आएर इन्द्रमणि पोखरेललाई दिइएको छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखमा अर्थोपेडिक सर्जन डा. सन्तोष पौडेललाई नियुक्ति गरिएको छ ।

यस्तै कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।

मन्त्रालयले भेरी प्रादेशिक अस्पतालमा डा। प्रकाश थापा, कोसी प्रादेशिक अस्पतालमा डा. चुमनलाल दास र वीर अस्पतालको सहायक निर्देशकमा डारविन खड्कालाई सरुवा गरिएको छ ।

सगरमाथा अस्पतालमा रञ्जित कुमार झालाई निर्देशक बनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा। वासुदेव पाण्डेलाई ल्याइएको छ भने महाशाखा प्रमुख डा. विवेककुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक बनाइएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यसअघि क्षयरोग केन्द्रमा कार्यरत डा. सागर राजभण्डारीलाई ल्याइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा. रमेश खरेललाई दिइएको छ । सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ ।

राष्ट्रिय तालिम केन्द्रको निर्देशकमा डा. यदुचन्द्र घिमिरे नियुक्त गरिएको छ भने तालिम केन्द्रका मोहम्मद दाउदलाई भेक्टर बोन डिजिज कन्टोल एन्ड रिसर्च सेन्टरमा पठाइएको छ ।

दर्जन बढी महत्त्वपूर्ण ठाउँमा गरिएको सरुवामा समूह नमिलेको देखि लाखापाखा गरेको भन्दै कर्मचारीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस