सञ्चारमन्त्री बास्कोटाले कमिसनको कुरा गरेको अडियो सार्वजनिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सञ्चारमन्त्री बास्कोटाले कमिसनको कुरा गरेको अडियो सार्वजनिक


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै ‘दलाल’सँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

प्राप्त २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटाबिच ७४-७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरूलाई किन भन्ने भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो संवादमा सुन्न सकिन्छ ।

‘यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरूले हेप्छन्‘ अडियो संवादमा मन्त्री बास्कोटाले कर्मचारीबारे एजेन्टसँग भनेका छन्, ‘यो मु…ले बनाएको त ३५ अर्वको छ नि, यो ३५ अर्व नै नभएपछि, २७ अर्वको निस्केपछि २८ अर्व बनाउनोस् ।’

मन्त्री बास्कोटासँग कमिसनबारे संवाद गर्ने व्यक्ति स्विस कम्पनीका एजेन्ट विजय मिश्र भएको र कमिसनको कुरा नमिलेपछि स्विस एजेन्टले अडियो ‘लिक’ गरेको बुझिएको छ ।

मन्त्रीले अडियोमा मिश्रलाई कति प्रतिशत आउँछ त भनेर सोधेको प्रश्नमा ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई दिन मिल्ने मिश्रले भनेका छन् ।

मन्त्री बास्कोटाले कर्मचारीसँग आफूले कुरा गर्दा हेप्ने भएकाले एजेन्टलाई नै लाग्न भनेका छन् ।

सार्वजनिक अडियो र त्यसमा प्रयोग गरेको भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठेको छ ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका एजेन्ट मिश्रबीच भएकको संवाद :

विजय प्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन
मन्त्री गोकुल बास्कोटा : ह…

विजय प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री गोकुल बास्कोटा : ठीक छ।

विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।
मन्त्री गोकुल बास्कोटा : मिलाइदिन्छु ।

विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
मन्त्री गोकुल बास्कोटा : अब। क्यापासिटीको कुरा।

विजय प्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
मन्त्री गोकुल बास्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने ?

विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बास्कोटा : उनीहरुले कति निकाल्छन ?

विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री गोकुल बास्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।

विजय प्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
मन्त्री गोकुल बास्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ ?

विजय प्रकाश मिश्र शर्मा : ७० जति आउलाकी ! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
मन्त्री गोकुल बास्कोटा : तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?

विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
मन्त्री गोकुल बास्कोटा : त्यो भनेको कति हुन्छ ?

विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने…
मन्त्री गोकुल बास्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?

विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।
मन्त्री गोकुल बास्कोटा : एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..

विजय प्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बास्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

यस्तो छ अडियो

 

Tags :
प्रतिक्रिया दिनुहोस