प्रधानमन्त्री ओली अस्पताल भर्ना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली अस्पताल भर्ना


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौफ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

मंगलबार साँझ प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

यसअघि ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका प्रधानमन्त्री ओलीको अहिले सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस