ट्रिपरले टेम्पोलाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु, ६ घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्रिपरले टेम्पोलाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु, ६ घाइते


प्रशासन संवाददाता

६ फाल्गुन २०७६, मंगलबार


राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा ट्रिपरले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।

सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो ।

दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस