राष्ट्र बैंकको दुई प्रादेशिक कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी दरबन्दी रहने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैंकको दुई प्रादेशिक कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी दरबन्दी रहने


६ फाल्गुन २०७६, मंगलबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारीलाई कार्यलय प्रमुखको रुपमा खटाउने भएको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यालय प्रमुखको रुपमा विशिष्ट श्रेणीको कर्मचारी खटाउने निर्णय गरेको हो ।

यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था थियो । प्रथम श्रेणीको कर्मचारी निर्देशक हो भने विशिष्ट श्रेणीको कर्मचारी कार्यकारी निर्देशक हो ।

अन्य ठाउँको तुलनामा विराटनगर र विरगञ्ज कार्यालयको भूमिका धेरै हुने भएकाले विशिष्ट श्रेणीको दरबन्दी राख्ने निर्णय गरिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस