नेपाली सेनाले गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाले गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने


५ फाल्गुन २०७६, सोमबार


नेपाली सेना

काठमाडौं । नेपाली सेनाले गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने तयारी गरेको छ । त्यसका लागि १० हजार बुलेट नमुना परीक्षण गर्न नेपाली सेनाले दक्षिण कोरीया पठाउन लागेको हो ।

सेनाले नेपालमै गोली उत्पादन गर्न एमूनिसन प्लान्ट खरिद गर्ने छ । उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको जनाइएको छ ।

५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको छ।

२०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो।

गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७.६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो।

सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद न हुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस