नेपाली सेनाको हतियार बोकेको गाडी दुर्घटना, एकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाको हतियार बोकेको गाडी दुर्घटना, एकको मृत्यु


२९ माघ २०७६, बुधबार


दाङ । नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो । मृत्यु हुनेमा यादवप्रसाद घरेल रहेका छन्।

गाडीमा सवार सात जनामध्ये चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुर्घटनामा सेनानी ईश्वर सिलवाल, जवान रोशन हिटन र हवल्दार जय प्रकाश बोहरा रहेका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाडी हतियार लिएर बुटवल जान लागेको बताइएको छ।

गाडी करिब ५ सय मिटर तल खसेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस