मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे, मुख्य एजेन्डा आइजीपी नियुक्ति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे, मुख्य एजेन्डा आइजीपी नियुक्ति


२८ माघ २०७६, मंगलबार


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

सोमबार बसेको बैठकले आइजीपी नियुक्तिको विषयलाई टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

आजदेखि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधी पुरा हुने भएकाले नयाँ आइजीपी नियुक्ति बैठकको मुख्य एजेण्डा रहेको छ ।

आजको बैठकले आइजीपी को हुने भन्ने विषय टुंगो लागाउने उच्च स्रोतले जनाएको छ । तर कसलाई आइजीपी बनाउने भन्ने बताइएको छैन ।

सम्बन्धित समाचार : आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्दै

सरकारले प्रहरी ममहानिरीक्षक खनालको सेवा अवधीको समय थप गर्ने वा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट महानिरीक्षक नियुक्ति गर्ने विषयमा आज निर्णय गर्नेछ ।

हाल नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा रहेको छ ।

सम्बन्धित समाचार : ठाकुर ज्ञवाली आइजिपी हुने पक्का, सोमबार नभए बिहीबार निर्णय हुने

नेपाल प्रहरीका २६ औं आईजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई पनि अनिवार्य अवकाशमा जाँदैछन् ।

यसैगरी अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेश बिक्रम शाह, नारायणसिंह खड्का, महेन्द्र पोखरेल, सुरेशबिक्रम शाह, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, केदार रिजाल, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस