विप्लव समूहका मोरङ सेक्रेटरी नेकपा प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लव समूहका मोरङ सेक्रेटरी नेकपा प्रवेश


२८ माघ २०७६, मंगलबार


विप्लव

काठमाडौं । विप्लव समूहका मोरङ सेक्रेटरी उदय राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

सोमबार ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा अध्यक्ष प्रचण्डबाट टीका र खादा लगाएर उनी नेकपामा प्रवेश गरेको बताइएको छ ।

राईले विप्लव समूहमा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

उनी सांस्कृतिकर्मी पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस