कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बित


२४ माघ २०७६, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।

आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो।

अख्तियारले गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी गरेको हो।

संसद सचिवालयको विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस