पशुसेवा विभागका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पशुसेवा विभागका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा


३ माघ २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ ।

कार्यालयको सूचना पत्रिकामा विज्ञापन गरेवापतको भुक्तानी रकमबाट सेवाग्राहीसँग ८ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।

कार्कीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा कार्कीले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस