मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२ माघ २०७६, बिहिबार


बनेपा । पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजा रहेका छन् । पनौतीबाट बनेपातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१ प ०४७७ नम्बरको मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका देउजाको उपचारका क्रममा नागरिक अस्पताल भक्तपुरमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

मोटरसाइकल चालक रोशी गाउँपालिका–१० का जगतमान थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस