‘बालबालिकाका नाममा गलत काम गर्नेलाई कारवाही गरिने’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘बालबालिकाका नाममा गलत काम गर्नेलाई कारवाही गरिने’


२८ पुस २०७६, सोमबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालअधिकारका नाममा गलत काम गर्ने कुनै पनि सरकारी तथा गैरसरकारी संस्थालाई कडा कारवाही गरिने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज ‘बाल अधिकारका लागि राष्ट्रिय अभियान’ का पदाधिकारीसँगको सामूहिक भेटका क्रममा उनले बाहिर बालबालिकाका क्षेत्रमा काम गर्ने भन्ने र भित्र अर्के गलत काम गर्ने कुनै संघ/संस्थालाई सरकारले नछाड्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री गुरुङले भने, ‘बाल अधिकारका नाममा गलत खालको काम गर्ने कुनै पनि निकायमाथि कडा कारवाही हुन्छ, त्यसको लागि आवश्यक नीति, ऐन, कानूनपरिमार्जनका हुँदैछ ।’ उनले सरकारसँग हातेमालो गरेर पारदर्शी दङ्गबाट कार्यक्रम सञ्चालन गर्न समेत गैरसरकारी संस्थालाई आग्रह गरे ।

उनले भने, ‘बालबालिका सम्बन्धी राष्ट्रिय नीतिलाई छिट्टै परिमार्जन गरिँदै छ, बालबालिका सम्बन्धी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने काम भइरहेको छ, त्यसका लागि आवश्यक सल्लाह र सुझाव दिन सरोकारवाला सबै निकायलाई आग्रह गर्दछु ।’

अभियानका संयोजक प्रवीण सिलवालले बालबालिका सम्बन्धी हालसम्म बनेका ऐन, कानूनको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रीसँग आग्रह गरे। मन्त्रालयले समस्यामा परेका गर्भवती र सुत्केरीको लागि हवाई उद्धार, छाउपडी प्रथा, हत्या, ज्येष्ठ नागरिकका समस्या समाधानमा सक्रियता बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस