मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्टको सहयोग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्टको सहयोग


२३ पुस २०७६, बुधबार


वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको सक्रियतामा संचालन गरिएको मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्ट औषधी उधोगद्धारा आर्थिक सहयोग प्रदान गरिएको छ ।

मानव सेवा नै ठुलो धर्म हो भन्ने सोचका साथ क्वेष्ट औषधी उधोगका सचांलक पृथ्वी राजभन्डारीले निशुल्क मोतीयाबिुन्दु कार्यक्रमलाई १ लाख २० हजार सहयोग प्रदान गरेका थिए ।

निशुल्क मोतीयाविन्दु उपचार कार्यक्रममा क्वेष्ट औषधी उधोगद्धारा प्रदान गरिएको आर्थिक सहयोगका चेक बुझदै उधोगका संचालक पृथ्वीराज भन्डारीलाई नगर प्रमुख सरावगीले धन्यवाद व्यक्त गरेका थिए ।

साथै नगर प्रमुख सरावगीले मंगलबार किरण अँखा अस्पतालमा शैल्यकिया गरिएका वृद्ध आमाबुवाहरुलाई बुधबार बिहान अँखामा लगाउने औषधी ,चस्मा दिएर किरण आँखा अस्पतालबाट बिदाइ गरेका थिए ।

यो अभियानमा हामीलाइ सहयोग गर्ने ,शुभ श्री जग्दम्बा सिमेन्ट मिल्स प्रा.लि,जगदम्बा एस.एस.पाइप प्रा.लि ,सर्बोतम प्रा.लि का श्री राजेश अग्रवाललाई पनि नगर प्रमुख सरावगीले धधन्यवाद समेत व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस