२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द समूहका ६ विद्यार्थी धरौटीमा छुटे

अ+ अ-

दार्चुला । नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना विद्यार्थी धरौटी रकम बुझाएर छुटेका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, अभद्र व्यवहार गर्न नहुने जस्ता आरोप लगाएर मुद्दा लगाइएको थियो । पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका– ४ का १९ वर्षीय धनसिंह धाँमी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावतलाई जनही रु ८ हजार धरौटी लिएर जिल्ला प्रशासन कार्यालयले छोडेको हो ।

विद्यार्थी भएका कारण थोरै रकम धरौटी लिएर छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । यस्तै उक्त समूहले आफ्ना विद्यार्थी पक्राउ गरेर आफन्तलाई सहज भेटघाट गर्न नदिएको धरपकड गरेको, झुठा मुद्दा लगाई हिरासतमा राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरीसमेत दिएको थियो । आयोगले उजुरी परेकाबारे जिल्ला प्रशासन कार्यालयलाई गत मङ्सिर १३ गते जानकारी माग गरेको थियो भने जिल्ला प्रशासन कार्यालयले यही पुस २ गते आयोगलाई घटनाबारे लिखित जवाफ दिएको थियो ।

पक्राउ परेका विद्यार्थीले बसपार्क क्षेत्रमा प्रहरीसँग बादविवाद गरेको, हातपात गर्नुका साथै अभद्र व्यवहार गरेर भागेका कारण कानूनबमोजिम पक्राउ गरिएको जवाफ पठाएको जिल्ला प्रशासन कार्यालयले स्रोतले जनाएको छ । प्रशासनले पक्राउ गरिएकालाई कानूनसम्मत म्याद थप प्रक्रियाको कागज बनाई राखिएको तथा उनीहरुमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस