राष्ट्रिय वाणिज्य बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय वाणिज्य बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा आएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा कार्यालयको उद्घाटन गरेका छन् ।

देश सङ्घीयता गएसँगै राष्ट्रिय वाणिज्य बैङ्कले सङ्घीय ढाँचा अनुसार धनगढी स्थित चटकपुरमा प्रोदशिक कार्यालयको सञ्चालनमा ल्याएको हो । यसअघि क्षेत्रीय कार्यालय नेपालगन्जमा रहेको थियो।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कका मुलुकभर ७७ जिल्लामा २ सय ३८ शाखा रहेका छन् ।

वाणिज्य बैङ्कले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको र सङ्घीय ढाँचाअनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

सरकारी स्वामित्वमा भएको राष्ट्रिय वाणिज्य बैङ्क सेवाको भावले उत्कृष्ट बनाउने प्रयत्नमा बैङ्क व्यवस्थापन टिम लागिपरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सरकारी सेवामा हुने ढिलासुस्ती नै सबैभन्दा ठुलो चुनौतीका रूपमा खडा भएको बताउँदै त्यसका लागि व्यवस्थापन टिमले बलियो भएर लाग्नु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस