२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : सबै मतदानस्थल संवेदनशील

अ+ अ-

बलेवा । आगामी मङ्सिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ ।

क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका–२ का लागि तोकिएको एक मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । पच्चीस मतदानस्थलमध्ये आठ वटा मतदानस्थल अति संवेदनशील र १७ मतदानस्थल संवेदनशील रहेका जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाइएको उनले बताए । “हामीले योजना बनाएर माथि पठाएका छौँ, सोहीअनुसारको तयारी हुन्छ”, उनले भने, “अति संवेदनशील र संवेदनशील केन्द्रको तयारी पनि सोहीअनुसारको हुन्छ ।” भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको क्षेत्रीले बताए ।

“मङ्सिरमा हुने निर्वाचनमा हिउँ परेर वा चिसोका कारण पनि सुरक्षा संवेदनशीलता हुन सक्छ”, उनले भने, “हाम्रो निर्वाचन हुने क्षेत्र उच्च भू–भागमा पर्छ सोहीअनुसारको योजना बनाएका छौँ ।” निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरिरहेको उनले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा सुरक्षा दिने क्षेत्रीले सङ्केत गर्नुभयोे । दलीय अस्वस्थ्य प्रतिस्पर्धाका कारणले सो निर्वाचन क्षेत्र थप चुनौतीपूर्ण मानिन्छ भने भौगोलिक हिसाबले पनि निकै विकट क्षेत्र हो । निर्वाचन हुने सबै गाउँमा यातायातका साधनको सरल पहुँच नभएका कारणले पनि सुरक्षामा चुनौती हुन सक्छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधनपछि क्षेत्र नं २ (ख) खाली छ भने बडिगाड–२ मा निर्वाचित अध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त वडा खाली भएको हो ।

प्रतिक्रिया दिनुहोस