२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपुलेक र कालापानीका विषयमा सरकारले पहल गर्नुपर्छ : बडू

अ+ अ-

डडेल्धुरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले हालै भारतले सार्वजनिक गरको राजनीतिक नयाँ नक्सामा नेपालको भू–भाग मिचेको कुरामा सरकारले कूटनीतिक तवरबाट चाँडो समाधान निकाल्नुपर्ने बताएका छन् ।

नेपालको सिमाना दार्चुला जिल्लामा पर्ने कालापानी र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्साभित्र राखी नेपालको सिमाना अतिक्रमण गरेको भन्दै नेता बडूले पार्टी र व्यक्तिगत तर्फबाट आपत्तिसमेत जनाए । नक्सा परिवर्तन गराउन सरकारले कूटनीतिक पहल गरी चाँडै समाधान निकाल्नुपर्ने जनाउँदै नेता बडूले भने,’नेपाली कांग्रेस राष्ट्र र सीमा बचाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने छ ।’

डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीलाई भेट्न आइपुगेका नेता बडूले भने, ‘राष्ट्र नै खतरामा परेको बेला सरकार किन अग्रसर भइरहेको छैन र यो विषयमा जोडदारले किन अवाज उठाइरहेको छैन ? सरकारप्रति शङ्का उब्जिरहेको छ ।’

नेता बडूले हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालनको सिमाना मिचिएको अवस्था आपत्तिजनक विषय भएको भन्दै सरकार तथा सबै पार्टीले यो विषयमा आपत्ति जनाई राष्ट्रियता नै सङ्कटमा परेको बेला एक ठाउँमा उभिएर साथ दिई राजनीतिक तवरबाट समाधान गरिनु पर्ने बताए ।

सिमाना मिचिएको भाग दार्चुलाको मात्रै नभई राष्ट्रिय अखण्डतालाई नै आँच पुग्ने कार्य छिमेकी राष्ट्रबाट भएकाले यसमा सरकारको आधिकारिक धारणा प्रस्तुत हुनु पर्नेमा नेता बडूले जोड दिए ।