नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन : मुख्यमन्त्री भट्ट


२१ कार्तिक २०७६, बिहिबार


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताएका छन् ।

धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिनुपर्ने माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै उनले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिए ।

मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको उल्लेख गरे । उनले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पुर्‍याउनका लागि हामी सङ्घीय सरकारसँग आग्रह गरिरहेको जानकारी दिए ।

युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस