बंगलादेशका राष्ट्रपति नेपाल आउँदै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बंगलादेशका राष्ट्रपति नेपाल आउँदै


११ कार्तिक २०७६, सोमबार


काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको भ्रमण गर्ने भएका छन् ।

हमिद ले आगामी कात्तिक २५ देखि २८ गतेको बीचमा भ्रमण हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठकका क्रममा राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस